उपराष्ट्रपतिको उम्मेद्वार बन्न रञ्जिता श्रेष्ठको उमेर नपुग्ने



काठमाडौं। नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संसदीय दलको बैठकले अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनको उमेर भने नपुग्ने देखिएको छ।

अनुसार भने राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार बन्न कम्तीमा ४५ वर्ष पूरा भएको हुनुपर्छ। शुक्रबार बिहान बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले अध्यक्ष चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले बताएका थिए।

गत मंसिरमा सम्पन्न निर्वाचनमा कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठ त्यतिबेला ३९ वर्ष मात्र भएकाले उपराष्ट्रपति बन्न उनको उमेर नपुग्ने देखिएको हो। ऐनको दफा ११ मा उम्मेदवारको योग्यतासम्बन्धी प्रावधान रहेको छ । उक्त दफाको उपदफा ‘ख’ मा ‘कम्तीमा ४५ वर्ष उमेर पूरा भएको’ हुनुपर्ने उल्लेख छ ।

त्यस्तै नेपालको संविधानको धारा ६५ मा राष्ट्रपति बन्न कम्तीमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने उल्लेख छ । तर उपराष्ट्रपति बन्नका लागि कति उमेर हुनुपर्ने भन्ने उल्लेख नभए पनि ‘राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने’ उल्लेख छ।

 

Tags :

प्रकाशित: २६ फाल्गुन २०७९, शुक्रबार १३:५२