उपराष्ट्रपतिमा पुरुषको उम्मेदवारी दर्ता नहुने



काठमाडौं। निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुष उम्मेदवारको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ।

आयोगको शुक्रबार बसेको बैठकले पुरुष व्यक्ति (रामचन्द्र पौडेल) राष्ट्रपति निर्वाचित भइसकेकाले त्योभन्दा फरक (महिला वा अन्य) लिङ्गबाट उम्मेदवार बनाउने निर्णय गरेसँगै यस्तो निर्देशन दिएको हो।

साथै राष्ट्रपति पौडेल खस आर्य समुदायको भएकाले उपराष्ट्रपतिमा महिला वा अन्य लिङ्गबाट हुने उम्मेदवार पनि फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को मनोनयन हुनुपर्ने आयोगको ठहर छ।

उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ।

Tags :

प्रकाशित: २६ फाल्गुन २०७९, शुक्रबार १३:५९