प्रचण्डविरुद्धको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिटको सुनुवाइ सकिएको छ।

शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाइ सकिएको हो।

आजको सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा.सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइटेल ध्रवलाल श्रेष्ठले बहस गरेका थिए।

प्रचण्डको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर छुट्टाछुट्टै रिट दायर गरेका थिए । सुनुवाइ सकिएपनि आदेश आउन बाँकी छ।

Tags :

प्रकाशित: २६ फाल्गुन २०७९, शुक्रबार १४:१७