पाँच एआईजीमा बढुवा सिफारिस, वसन्त कुँवर पहिलो नम्बरमा



काठमाडौं। नेपाल प्रहरीको रिक्त एआईजी (पाँच) पदमा बढुवा सिफारिस भएको छ।

बढुवा समितिले शुक्रबार बढुवा सिफारिस निकालेको हो। सिफारिसको पहिलो नम्बारमा डीआईजी वसन्त कुँवर छन्। दुई नम्बरमा टेकप्रसाद कुँवर, तीन नम्बरमार दीपक थापा, चार नम्बरमा श्यामलाल ज्ञवाली र पाँच नम्बरमा किरण बज्राचार्य छन्।

डीआईजी हुँदा पनि वसन्त कुँवर एक नम्बरमै थिए। एआईजी दौडमा रहेका डीआईजी अशोक सिंहले भने उमेर विवादका कारण पदबाट राजीनामा दिइसकेका छन्। दौडमा रहेका ज्ञवाली पनि उमेर विवादमा मुछिएका छन्।                           

Tags :

प्रकाशित: २६ फाल्गुन २०७९, शुक्रबार १४:३४