उपराष्ट्रपतिको उम्मेद्वार चयन गर्न गठबन्धनको बैठक बालुवाटारमा



काठमाडौं। उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बसेको छ।

बैठक बिहान साढे ८ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो।

उपराष्ट्रपतिका लागि मनोनयन प्रक्रिया सुरु हुन केही घण्टा मात्र बाँकी रहे पनि सत्ता गठबन्धनले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्।

उपराष्ट्रपतिका लागि शनिबार मनोनयन र चैत ३ मा निर्वाचन गर्ने कार्यतालिका छ।

यस्तै नेकपा एमालेले पनि उपराष्ट्रपति पदको उम्मेदवार चयन गर्न सचिवालय बैठक बोलाएको छ।

Tags :

प्रकाशित: २७ फाल्गुन २०७९, शनिबार ०८:५४