काठमाडौं। उदयपुरको रौतामाई गाउँपालिका-८ मा आगलागीमा परेर एकै घरका दुई बालबालिकाको ज्यान गएको छ।
रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिन र छोरा २ वर्षीय रोजनको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारका अनुसार हिजो बेलुका ५ बजेतिर घरमा बिजुली सर्ट भएर घर जलेको हो।
आगलागीबाट घर तथा लत्ताकपडा गरी १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
प्रकाशित: २७ फाल्गुन २०७९, शनिबार ०८:५८