राष्ट्रपति भण्डारीको कार्यकाल आज सकिँदै, शीतल निवास छोड्ने



काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदै छ।

आगामी कार्यकालका लागि नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल चयन भइसकेका छन्। उनले भोलि सोमबार शपथ खाएर पद सम्हाल्ने कार्यक्रम छ।

त्यसअघि राष्ट्रपति भण्डारी आज पाँच वर्षे कार्यकाल सकिने भएकाले शीतल निवासबाट निजी निवासमा सर्न लागेकी हुन्। भण्डारी बूढानीलकण्ठस्थित निजी निवासमा सर्नेछिन्।

भण्डारी दोस्रोपटक २०७४ फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।

उनी त्यसअघि संविधान घोषणापछि २०७२ कात्तिक ११ गते पहिलोपटक राष्ट्रपति भएकी थिइन्।

Tags :

प्रकाशित: २८ फाल्गुन २०७९, आईतवार ०९:२५