सिन्धुलीमा बस दुर्घटना : पाँच जनाको ज्यान गयो, दुई दर्जनभन्दा बढी घाइते



काठमाडौं। सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा बस दुर्घटना भएको छ।

ओखलढुङ्गाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस फिक्कलमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको सिन्धुलीका एसपी राजकुमार सिलवाले बताए।

दुर्घटनामा घाइते भएका २४ जनालाई खुर्कोतर्फ ल्याइँदै छ। एक जना घाइतेलाई उपचारका लागि घुर्मिमा पठाइएको जानकारी आएको एसपी सिलवालले बताए।

एसपी सिलवालका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। बस सडकको भित्तामा ठोक्किएको छ। चालक फरार छन्।

Tags :

प्रकाशित: २८ फाल्गुन २०७९, आईतवार ११:०३