माओवादी धारका नेताहरूले गर्ने भनेको अन्तर्क्रिया स्थगित



काठमाडौं। माओवादी धारका दलले नागरिक अगुवा र बुद्धिजीविसँग आज गर्ने भनेको अन्तर्क्रिया स्थगित भएको छ।

अन्तर्क्रिया केही दिनपछि गर्नेगरि आजका लागि स्थगित गरिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

सचिवालयले निकालेको सूचनामा अन्तर्क्रिया के कारणले स्थगित भएको भन्ने खुलाइएको छैन। तर, प्रचण्डको कार्यव्यस्तताका कारण कार्यक्रम स्थगित भएको बुझिएको छ।

गत २६ गते बसेको माओवादी धारका पार्टीको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजिवीसँग अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो।

सोहीअनुसार फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन भइसकेको छ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षअघि बोलेको विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि माओवादी आन्दोलनमा लागेका पार्टी एकजुट भएका छन्।

Tags :

प्रकाशित: ३० फाल्गुन २०७९, मंगलवार ११:५३