नेपाल प्रहरीका एसपी ऋषिराम कँडेललाई छानबिनबाट सफाइ



काठमाडौं। पश्चिम नवलपरासीका तत्कालीन एसपी ऋषिराम कँडेललाई प्रहरी प्रधान कार्यालयले सफाइ दिएको छ। तस्करलाई सघाएको आरोपमा पुस २० मा प्रहरी प्रधान कार्यालयले छानबिनका लागि उनलाई हेडक्वाटर तानिएको थियो।

पश्चिम नवलपरासी स्थित नेपाल-भारत सीमाबाट हुने तस्करीलाई कँडेलले खुला गरेको आरोपसहित प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो। छानबिनबाट कँडेलले त्यस्तो गतिविधि गरेको पुष्टि नभएको प्रहरी प्रवक्ता डिआईजी पोषराज पोखरेलले बताए।

कँडेल २०७८ चैतमा नवलपरासीमा सरुवा भएका थिए। छानबिनपछि उनलाई कोशी प्रदेश प्रहरी कार्यकालमा सरुवा गरिएको छ।

Tags :

प्रकाशित: ३० फाल्गुन २०७९, मंगलवार १२:५३