नेपालले बलिङ गर्दै, जिन्नै पर्ने दबाबमा



काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तिम खेलमा नेपालले विहीबार संयुक्त अरब इमिरेट्ससँग खेल्दैछ।

त्रिवी क्रिकेट मैदानमा यूएईले टस जितेर ब्याटिङ् रोजेपछि नेपालले पहिला बलिङ् गर्दैछ ।

नेपाली राष्ट्रिय क्रिकेट टिम निकै ठूलो सफलतातर्फ लम्किरहेको छ।

पूर्व खेलाडी र विश्लेषकले त नेपाली क्रिकेट अहिले इतिहासकै उत्कृष्ट लयमा रहेको र अहिलेसम्म नपाएको सफलता नजिक पुगेको बताएका छन् ।

नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता सुरक्षित गरिसकेको छ। एकदिवसीय विश्वकपको क्वालिफायर खेल्ने ऐतिहासिक सफलताको एक खुड्किलो मात्रै पछाडि छ।

घरेलु टोली नेपाल सिरिजको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै स्थान बनाउन चाहन्छ।नेपाल युएईसँग पराजित भए वा अंक बाँड्नुपर्ने अवस्था आएमा नेपालको सोझै विश्वकप खेल्ने सपना अधुरो रहनेछ।

यस्तोमा नामिबिया शीर्ष ३ मा रहँदै विश्वकप छनोटमा स्थान बनाउने छ। नेपालले भने यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ।

सिरिजको पहिलो खेलमा यूएईलाई हराएको नेपाल उच्च मनोबलमा मैदान उत्रनेछ। घरेलु समर्थकको साथमा नेपाली टोली जितको लागि मैदान उत्रने छ। यूएईसँगको खेलसँगै नेपालले लिग २ को यात्रा पनि सकाउनेछ।

Tags :

प्रकाशित: २ चैत्र २०७९, बिहीबार ०८:५८