खेल हेर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि मैदानमा



काठमाडौं। आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेल हेर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिवि क्रिकेट मैदान पुगेका छन्।

खेल सुरु हुनु अघि नै प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरस्थित क्रिकेट मैदान पुगेका हुन्।

मैदान बाहिर पनि दर्शकको भिड छ। समर्थकको भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठिचार्ज समेत गरिसकेको छ।

लिग २ सिरिजकै अन्तिम खेलमा नेपालले युएईसँग खेल्दैछ।

दर्शकहरुको उल्लेख्य साथ पाएको घरेलु टोली दबाबमा पर्ने देखिन्छ। त्रिवि क्रिकेट मैदान प्रवेश गर्ने मुख्य गेट देखि नै दर्शकको भिड छ।

समर्थकहरु पन्चेबाजासहित उपस्थित भएका छन्। नेपालको समर्थनका लागि सामाजिक सञ्जालबाट नै रकम उठाएर समर्थकहरु पञ्चेबाजासहित उपस्थित भएका हुन्।

बिहानै नेपालको झण्डासहित राष्ट्रिय टोलीको जर्सीमा समर्थकहरुको भिड कीर्तिपुरमा देखिएको छ। समर्थकलाई व्यवस्थापन गर्नका लागि प्रहरी र व्यवस्थापनलाई पनि हम्मेहम्मे परेको छ।

नेपाल र युएइबीचको खेलका लागि ११ हजार टिकट विक्रि गरिएको छ।

नेपालले सन् २०२० को फेब्रुअरीमा घरेलु मैदानमा ओमान र अमेरिकासँग खेल्दै लिग २ को त्रिकोणात्मक सिरिजको सुरुवात गरेको थियो।

अहिले घरेलु मैदानमा नै युएई र पीएनजीसँग खेल्दै सिरिजको अन्त्य गर्नेछ।           

Tags :

प्रकाशित: २ चैत्र २०७९, बिहीबार ०९:३३