नेपालविरुद्ध यूएईका कप्तान वसिमको आक्रामक अर्धसतक



काठमाडौं। विश्वकप लिग २ अन्तर्गतको अन्तिम खेलमा यूएईका कप्तान मुहम्मद वसिमले नेपालविरुद्ध अर्धसतक पूरा गरेका छन्।

आक्रामक अन्दाजमा खेलिरहेका उनले ४३ बलमा२ चौका र ५ छौकासहित अर्धसतक बनाएका हुन्।

टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले नेपालमाथि घातक आक्रमण गरिरहेको छ । अघिल्लो खेलमा पीएनजीविरुद्ध विष्फोटक शतक बनाएका वसिम आज पनि उही अन्दाजमा देखिएका छन् ।

सन्दीप लामिछानेको बलमा विशाल छक्का हान्दै वसिमले अर्धशतक पूरा गरेका हुन् । यो समाचार बनाउँदा सम्म यूएई १५ ओभरको समाप्तिमा एक मात्र विकेट गुमाएर ८९ रनको अवस्थामा छ । नेपाललाई एक मात्र ब्रेकथ्रु ललित राजवंशीले दिलाएका थिए।

Tags :

प्रकाशित: २ चैत्र २०७९, बिहीबार १०:४८