काठमाडौं। आफ्नो कार्यकक्षमा महिला कर्मचारीलाई तानेर काखमा राख्दै दुर्व्यवहार गर्ने चितवन रामपुरको कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्तलाई निलम्बन गरिएको छ।
विश्वविद्यालय व्यवस्थापनको आज बसेको बैठकले डीन दत्तलाई निलम्बन गरेको कृषि तथा वन विश्वविद्यालयका उपकुलपति पुन्यप्रसाद रेग्मीले जानकारी दिए।
मंगलबार जुम बैठक चलिरहँदा डीन दत्तले महिला कर्मचारीसँग तानेर काखमा राखेको भिडिओ सार्वजनिक भएको छ। भिडिओमा सार्वजनिक दुई वटा भिडियोमध्ये एउटामा कर्मचारीलाई हातले तानेर काखमा राखेको देखिन्छ।
अर्को भिडियोमा उनको संवेदनशील अङ्गमा चुम्बन गरेको देखिन्छ। त्यसबारे समाचार प्रकाशन भएपछि विश्वविद्यालयले कारबाही प्रक्रिया अघि बढाएको हो।
प्रकाशित: २ चैत्र २०७९, बिहीबार १३:५०