नेपालले अभुतपूर्व खेल्दै यूएईलाई हरायो



काठमाडौं। नेपालले अभूतपूर्व प्रदर्शन गर्दै आईसीसी विश्वकपलिग २ अन्तर्गत यूएईविरुद्धको निर्णायक म्याच जितेको छ।

यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ।

खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो।

नेपालले ९ रनले खेल जितेको छ। तीन सय ११ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा २६९ बनाएको थियो।

खराब मौसमका कारण अम्पायरहरूले खेल रोक्ने निर्णय लिएका थिए। नेपाल डीएल मेथडका आधारमा ९ रनले अगाडि भएको हो।

Tags :

प्रकाशित: २ चैत्र २०७९, बिहीबार १९:०५