काठमाडौं। उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान गर्न एक जना किरियापुत्री सांसद मतदान स्थल संसद भवन पुगेका छन्।
गण्डकी प्रदेश सभा सदस्य प्रकाश बडाल उपराष्ट्रपतिलाई मतदान गर्न किरिपुत्री पहिरनमै संसद भवन पुगेका हुन्। सांसद बडालका बुबाको निधन भएको आज आठ दिन पुगेको छ।
निर्वाचनमा नेकपा (एमाले) बाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार छन्।
निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभातर्फ पाँच सय ५० मतदाता कायम छन्।
प्रकाशित: ३ चैत्र २०७९, शुक्रबार १२:४२