काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिमा जनमत पार्टीकी ममता झालाई मतदान गर्ने भएको छ।
आज पार्टी कार्यालयमा बसेको बैठकले उक्त समझदारी गरेको हो।
रास्वपाले नयाँ पार्टी र महिला भएकाले ममतालाई रोजेको एक सांसदले बताए। केही नेताहरूले मतदानमा सहभागी हुन नहुने मत राखेका थिए। तर, यसबाट अहिलेको पद्दति नै स्वीकार नगरेको सन्देश जाने भएकाले भोट हाल्ने निर्णय भएको हो।
निर्वाचन आयोगको आचारसंहिताका कारण रास्वपाले यस विषयमा औपचारिक निर्णय भने लिएको छैन।
प्रकाशित: ३ चैत्र २०७९, शुक्रबार १४:४८