सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आउँदा पुन: काठमाडौं अवतरण



काठमाडौं। काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ।

शनिबार बिहान बुद्ध एयरको यु-४१३३ जहाजमा समस्या देखिएपछि वीरगन्जबाट मोडेर पुन: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो।

काठमाडौंबाट सुर्खेतका लागि उड्ने तयारी हुँदा पनि धावन मार्ग छाड्ने बेला उडान भर्न नसकेपछि पार्किङ गरिएको थियो।

उक्त जहाजमा यात्रा गरिहेको पत्रकार दिपेन्द्र शर्माले फेसबुकमा स्टाटस लेख्दै आकाशकम उडिरहेको जहाजमा समस्या भएपछि पुन: काठमाडौंमै ल्यान्डिङ गरिएको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘शुरुमा धावनमार्ग छोड्न लाग्दा रोकेर पार्किङमा राखियो। अनि ठिक छ भनेर पुन उडाइयो आकाशमा उडिरहेको जहाजमा फ़ेरि समस्या आयो अब ल्यान्डिङ्ग हुँदैछ नआत्तिनु होला भन्ने सूचना आयो। जिन्दगीको पनि कहाँ के भन्ने केहो पत्तो छैन। सरकार?’

शर्माका अनुसार जहाजमा प्राविधिक समस्या भएको यात्रुलाई जनाइएको छ।

Tags :

प्रकाशित: ४ चैत्र २०७९, शनिबार ०९:५१