राष्ट्रपतिको सवारीमा सर्वसाधारणलाई रोक्ने परम्पराको अन्त्य



काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको सवारीमा सर्वसाधारणलाई रोक्ने परम्पराको अन्त्य गरेका छन्।

सर्वसाधारणलाई रोकतोक नगरी राष्ट्रपति पौडेल शनिबार काठमाडौंको बसन्तपुरस्थित कुमारी घर पुगेका हुन्। उनले बसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शन गर्न जाँदा र फर्कदा सार्वजनिक सवारीसाधन, सर्वसाधारण कसैलाई रोकिएन।

राष्ट्रपतिको सवारी हुँदा यसअघि सर्वसाधारणलाई रोक्ने गरिन्थ्यो। जसले गर्दा सडक जाम हुँदा आलोचना हुने गरेको थियो। निर्वाचित भएपछि पहिलोपल्ट कुमारी घरकुमारीको दर्शन गर्न गएका राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान समेत गरे।

यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन समेत थिएन। राष्ट्रपति पौडेलले आफू निर्वाचित हुनुअघि नै सवारी जाम नगर्ने भन्दै गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भनर देखाउने बताएका थिए।

यही भ्रमणबाट उनले सर्वसाधारणलाई कुनै असर नपर्ने गरी सवारीको व्यवस्था मिलाउन सम्बन्धित सुरक्षा संयन्त्रलाई निर्देशन दिएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए।

Tags :

प्रकाशित: ४ चैत्र २०७९, शनिबार १९:३०