काठमाडौं। प्रतिनिधि सभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पेश गर्ने तयारी गरिएको छ।
दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
शनिबार बसेको सत्ता साझेदार १० वटा दलको बैठकले विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको थियो।
सरकारले गएको फागुन २५ गते उक्त विधेयकलाई संघीय संसद सचिवालयमा दर्ता गरेको थियो।
यो विधेयक संक्रमणकालीन न्यायलाई व्यवस्थापन गर्न बनेको विधेयक हो।
प्रकाशित: ५ चैत्र २०७९, आईतवार ०८:२९