प्रचण्डलाई विश्वासको मत दिने बारे छलफल गर्दै रास्वापा



 

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।

रास्वपाका प्रवक्ता मुकुल ढकालका अनुसार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बिहान ११ बजेदेखि बसुन्धारामा बसेको जानकारी दिए।

प्रधानमन्त्रीले भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारी गरेका छन्। सुरुमा विश्वासको मत दिएर सरकारमा सहभागी रास्वपाले सरकार छाडे पनि विश्वासको मत कायमै राखेको थियो। अब फेरि सरकारमा जाने चर्चा चले पनि के गर्ला चासोको विषय बनेको छ।

Tags :

प्रकाशित: ५ चैत्र २०७९, आईतवार १२:४०