घनश्याम भूसाल नेकपा एसको महासचिवमा मनोनित



काठमाडौं। नेकपा एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल मनोनित भएका छन्

आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले भूसाललाई महासचिव मनोनित गरेको हो। हालसम्म महासचिव रहेका बेदुराम भूसाललाई भने उपाध्यक्षमा मनोनित गरिएको छ।

एमाले छोडेर भूसाल केही समय पहिले समाजवादीमा प्रवेश गरेका थिए।

Tags :

प्रकाशित: ५ चैत्र २०७९, आईतवार १३:२४