काठमाडौं। त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत बाजुराकाे बुढीनन्दा क्याम्पसमा दुई विद्यार्थी संगठनबीच झडप भएकाे छ।
झडपले ठुलाे रूप लिन खाेज्दा नेपाल प्रहरीले अश्रु ग्यास र हवाई फाएर गरेर भिड नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक कबिन्द्रसिहं बाेहाेराले नेविसंघ र अनेरास्ववियुबीच झडप हुँदा अश्रुग्यास प्रहार गरिएको बताए।
भिडले उग्ररूप लिएपछि प्रहरीले हवाई फाएर गरेकाे उनले जानकारी दिए।
बुढीन्नदा क्याम्पसमा ४१२ मतदाता छन्।
प्रकाशित: ५ चैत्र २०७९, आईतवार १४:०१