नेकपा एसले पनि सरकारलाई विश्वासको मत दिने



काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदमा विश्वासको दिने निर्णय गरेको छ।

पार्टी कार्यालयमा आज बसेको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको पार्टीका महासचिव बेदुराम भुसालले बताए।

एमाले र राप्रपाले सरकारबाट समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले भाली संसदमा विश्वासको मत लिँदैछन्।

हिजो बसेको १० दलीय गठबन्धनले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेको थियो । आज काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।

Tags :

प्रकाशित: ५ चैत्र २०७९, आईतवार १४:२८