हेटौँडामा एमालेको सहयोगमा नेकपा एसको विद्यार्थी सङ्गठन विजयी



हेटौँडा। मकवानपुरको हेटौँडा-६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसको सभापतिमा नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूका दिवस सिलवाल निर्वाचित भएका छन्।

त्यहाँ एमालेनिकट अनेरास्ववियु, नेकपा एसनिकट अनेरास्ववियू र विप्लवनिकट अखिल क्रान्तिकारीबीच गठबन्धन थियो।

सिलवाल १८ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी राप्रपानिकट राप्रविसंकी मनिका गौतमले ९ मत प्राप्त गरिन्। वंशगोपालमा नेपाली कांग्रेस निकट नेविसंघ, माओवादीनिकट अखिल क्रान्तिकारी र राप्रपानिकट राप्रविसंबीच गठबन्धन थियो।

यसैगरी वंशगोपालको स्ववियु सचिवमा अनेरास्ववियुकी प्रतिमा लामिछाने (२० मत), कोषाध्यक्षमा रूपा राई (१७मत), सदस्यहरूमा सपना राउत (२३ मत), सुजन गोले १७ मतसहित निर्वाचित भएका हुन्।

Tags :

प्रकाशित: ५ चैत्र २०७९, आईतवार १६:४५