पाँच जनाको एआइजीमा बढुवा, आगामीसाता को बन्ला आइजीपी?


तरुण पत्रिका

६ चैत्र २०७९, सोमबार ११:१०

काठमाडौं। नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक डीआईजीहरु अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा भएका छन् ।

सोमबार विहान बसेको मन्त्रिपरिषद बैठकले डीआईजी बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको हो।

गृहमन्त्रालयले गरेको सिफारिसअनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो । यिनै पाँचजनामध्येबाट महानिरीक्षक बन्नेछन् । यही साता नयाँ महानिरीक्षक पनि टुङ्गो लाग्नेछ।

हालका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ११ चैतबाट अनिवार्य अवकाश पाउँदैछन् । पाँचजनामध्ये महानिरीक्षकको दौठमा बसन्तबहादुर कुँवर अगाडी छन्।

Tags :

प्रकाशित: ६ चैत्र २०७९, सोमबार ११:१०