काठमाडौं। देशका विभिन्न स्थानमा आठ जनाको शव फेला परेको छ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल घर भई हाल काठमाडौं महानगरपालिका-६ नयाँबस्ती पाटीटार डेरा गरी बस्ने ३४ वर्षीय तारा पोखरेल आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छन्।
यस्तै ललितपुर महानगरपालिका-२६ नख्खुखोलास्थित टहरामा बस्ने तेह्रथुम घर भएका ४५ वर्षीय पूर्ण बहादुर थुम्बा सोही टहरामा आइतबार मृत अवस्थामा फेला परेका छन्।
उता सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-३ ठुलोभोताङमा सोही गाउँपालिका-२ याग्री बस्ने ७३ वर्षीय सङबो स्याङबो आइतबार मृत अवस्थामा फेला परेका छन्।
मकवानपुरको थाहा नगरपालिका-६ बज्रबाराही बजार बस्ने ४० वर्षीया निर्मला वलामी आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छन्।
जुम्लाको चन्दननाथ नगरपालिका-४ स्थित जुगार्ड खोलामा तातोपानी गाउँपालिका-५ लाम्रा घर भएका ७० वर्षीय लालु नेपाली सोमबार मृत अवस्थामा फेला परेका छन्।
बैतडीको दोगडाकेदार गाउँपालिका-६ चम्तडीमा सोही ठाउँ बस्ने ५२ वर्षीय नरीभान सिह नगारी सोमबार मृत अवस्थमा फेला परेका छन्।
नुवाकोटको विदुर नगरपालिका-३ बुनिबेशीस्थित त्रिशुली नदीको किनार नजिकै झाडीमा पहिचान नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्।
लमुजङको राईनास नगरपालिका-६ टुनाबगरस्थित मर्स्याङदी नदीको किनारामा हाल पहिचान खुल्न नसकेका अन्दाजी ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ६ चैत्र २०७९, सोमबार ११:४९