रामचन्द्र राष्ट्रपति बनेपछि तनहुँ-१ मा बैशाख १० मा उपनिर्वाचन हुने


तरुण पत्रिका

६ चैत्र २०७९, सोमबार १७:१०

काठमाडौं। तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ।

सो क्षेत्रबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको थियो।

आगामी वैशाख १० गते तनहुँ-१ मा उपनिर्वाचन गर्ने निर्वाचन आयोगले निर्णय गरेको हो।

सोही दिन चितवन क्षेत्र नं २ मा पनि उपनिर्वाचन हुँदै छ।

Tags :

प्रकाशित: ६ चैत्र २०७९, सोमबार १७:१०