सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका १० क्याम्पसमा आज स्ववियु चुनाव


तरुण पत्रिका

८ चैत्र २०७९, बुधबार ०८:५७

काठमाडौं। सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आज (बुधबार) स्ववियु चुनाव हुँदै छ।

सुदूरपश्चिमका १० वटा आंगिक क्याम्पसमा स्ववियु नेतृत्व चयनका लागि बुधबार मतदान हुने भएको हो।

स्ववियु चुनावको तयारी पूरा भएको र बिहान ८ बजे मतदान सुरु भएको सम्बन्धित क्याम्पसले जनाएका छन्।

सुदूरपश्चिम विश्वविद्यालयमा पहिलोपटक स्ववियु चुनाव हुन लागेको हो। सुदूरपश्चिमका १५ क्याम्पसमध्ये १० क्याम्पसमा मात्रै बुधबार स्ववियु नेतृत्व चयनका लागि मतदान हुँदै छ।

स्ववियु निर्वाचनका लागि गत १ चैतमा मनोनयन दर्ताको समय भए पनि आन्तरिक विवादले केन्द्रीय क्याम्पसहितका ५ क्याम्पसमा उम्मेदवारी दर्ता हुन सकेन। केन्द्रीय क्याम्पसले अगामी २१ गते स्ववियु चुनाव गर्ने जनाएका छन्। अन्य क्याम्पसमा अझै चुनाव मिति तोकिएको छैन।

Tags :

प्रकाशित: ८ चैत्र २०७९, बुधबार ०८:५७