काठमाडौं। सत्तारुढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरुबीचको बैठक सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकमा मन्त्रिपरिषद विस्तार, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायतका विषयमा छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
ति नेताका अनुसार मन्त्रिपरिषद विस्तारका साथै संसदमा रहेका संवेदनशील विधेयकहरुका बारेमा छलफल भएको छ ।
प्रकाशित: ८ चैत्र २०७९, बुधबार २०:४४