काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत १० गतेभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताएको भएतापनि त्यसको सम्भावना कम हुँदै गएको छ । अहिलेसम्म दलहरुबीचको भागबण्डामा टुंगो नलागेको अवस्थामा शुक्रबारभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउनेमा शंका उब्जिएको हो । सत्ताधारी गठबन्धनको बुधबार बेलुकी सम्पन्न बैठकमा सरकार विस्तारबारे छलफल भएको छ । सहभागी एक नेताका अनुसार बैठकले जतिसक्यो छिटो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको भए पनि अहिलेसम्म भागबण्डाबारे भने छलफल भएको छैन । कांग्रेस नेता रमेश लेखकका अनुसार चाँडोभन्दा चाँडो मन्त्रिपरिषद विस्तार गर्नेबारे सबै दल सहमत भए पनि अझै मन्त्रालयबारे भने छलफल हुन बाँकी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत चैत ६ गते सोमबार दोस्रो पटक विश्वासको मत पाएका थिए । विश्वासको मत लगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका उनले १६ मन्त्रालयको भारी आफ्नो काँधमा बोकिरहेका छन् । गत फागुन १२ गते राप्रपा र फागुन १५ गते एमालेले सरकार छाडेपछि छाडेका सबै मन्त्रालयको जिम्मा प्रचण्डले सम्हालेका छन् । यसअघि माधमै रास्वपाले सत्ता छाडेपछि त्यो भार पनि प्रचण्डले बोक्दै आएका छन् ।अहिलेसम्म पाँच मन्त्रालयको मात्र भागबण्डा भएको छ । गठबन्धनमा धेरै दल भएकाले पनि भागबण्डा गर्न प्रचण्डलाई अप्ठेरो परेको छ ।
प्रकाशित: ८ चैत्र २०७९, बुधबार २१:०१