गाउँमै कृषि क्याम्पस बनाउन महायज्ञ


तरुण पत्रिका

९ चैत्र २०७९, बिहीबार ०५:१७

काठमाडौं। अछामको साँफेबगर नगरपालिका-३ सिद्धेश्वरस्थित प्रभा धम्कोट माध्यमिक विद्यालयमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ।

विद्यालयलाई कृषि क्याम्पस बनाई गुणस्तरीय व्यवसायिक शिक्षा प्रदान गर्ने उद्देश्यले श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको हो।

गाउँमै बीएस्सी एजी पढाउने उद्देश्यले महायज्ञ संचालन गरिएको मुल आयोजक समिति संयोजक मोहन कुँवरले बताए।

महायज्ञबाट संकलन भएको रकमले विद्यालयलाई कृषी क्याम्पसको रुपमा सञ्चालन गर्ने उद्देश्य रहेको विद्यालयका प्राचार्य जोगराज कुँवरले बताए।

अछामबाट कृषि विषय अध्ययन गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेकाले त्यसको अन्त्य गरि गाउँमै गुणस्तरिय शिक्षा प्रधान गरिने कुँवरको भनाई छ।

गाउँमै बीएस्सी एजी कक्षा सञ्चालन भएपछि अध्यायनको लागि बाहिर जानुपर्ने अवस्था अन्त हुने,आर्थिक अभावका कारण पढ्न नपाएका विद्यार्थीलाई फाइदा पुग्ने हुदाँ महायज्ञ सञ्चालन गरिएको स्थानीय कृष्ण कुँवरले बताए।

१४ गतेसम्म चल्ने महायज्ञको बुधबार सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरे।

Tags :

प्रकाशित: ९ चैत्र २०७९, बिहीबार ०५:१७