लघुवित्तको ८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा एकजना पक्राउ


तरुण पत्रिका

९ चैत्र २०७९, बिहीबार ०९:२१

नुवाकोट। नुवाकोटमा आरम्भ चौतारी लघुवित्तको ८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

तादी गाउँपालिका-३ मा रहेको आरम्भ चौतरी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय खरानीटार नुवाकोट शाखाका तत्कालीन शाखा प्रबन्धक विवश पाण्डे संस्थाको पैसा हिनामिना गरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ।

संस्थामा आबद्ध सदस्यहरूको विभिन्न मितिमा किर्ते कागजात बनाई अनधिकृत रुपमा पैसा निकालेको भन्ने उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पाण्डेले ८ करोड २२ लाख ६५ हजार ५ सय ९७ रुपैयाँ ४० पैसा अपचलन गरेको आरोप छ।

Tags :

प्रकाशित: ९ चैत्र २०७९, बिहीबार ०९:२१