प्रावि शिक्षकको विज्ञापन खुल्यो (विज्ञापनसहित)


तरुण पत्रिका

९ चैत्र २०७९, बिहीबार ११:०५

काठमाडौं। शिक्षक सेवा आयोगले प्रावि तहको शिक्षक पदपूर्तिका लागि बिज्ञापन खोलेको छ।

आयोगले खुल्ला तथा समावेशी गरि कुल ६ हजार १३ पदका लागि बिहीबार विज्ञापन खोलेको हो।

बैशाक ८ गतेसम्म सिङ्गल दस्तुर तथा बैशाख १५ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने आयोगले सूचनामा उल्लेख गरेको छ। जेठ २० गते लिखित परीक्षा हुने बिज्ञापनमा उल्लेख छ।     

प्रकाशित: ९ चैत्र २०७९, बिहीबार ११:०५