काठमाडौं। पश्चिमी सीमावर्ती भारतीय बजार टनकपुरनजिक ठूलीगाडमा बसले किचेर ५ जनाको मृत्यु भएको छ। आज बिहान बसले किचेर ८ जना घाइते भएका छन्।
मृतक र घाइते सबै पूर्णागिरि माता दर्शनका लागि जाँदै थिए। दुर्घटनाको पूर्ण विवरण आएको छैन।
मृतक र घाइतेहरुको परिचय पनि खुल्न सकेको छैन।
स्थानीय प्रहरीका अनुसार ठूलीगाडमा उक्त दुर्घटना भएको हो। प्राप्त जानकारीअनुसार बसले सडकमा भएका यात्रुहरुलाई किचेको थियो।
घाइतेहरुलाई उपचारका लागि टनकपुर अस्पताल ल्याइएको छ।
प्रकाशित: ९ चैत्र २०७९, बिहीबार १२:०१