मोदीको मानहानी मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय


तरुण पत्रिका

९ चैत्र २०७९, बिहीबार १३:५०

काठमाडौं। प्रधानमन्त्री नरेन्द्र मोदीको मानहानी गरेको आरोपमा भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई तल्लो अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ।

सन् २०१९ मा गान्धीले कर्णाटकमा प्रधानमन्त्री मोदीकाविरुद्ध दिएको एक अभिव्यक्तिलाई लिएर मानहानीको मुद्दा दायर भएको थियो।

गुजरातको सुरतस्थित अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमतिसमेत दिएको बीबीसी हिन्दीले जनाएको छ।

चार वर्षअघि दायर मुद्दामा बिहीबार अदालतले राहुललाई दोषी ठहर गरेको हो । एक भाषणमा गान्धीले ‘सभी चोरोँका सरनेम मोदी क्यूँ होता है (सबै चोरको थर मोदी किन हुन्छ) ?’ भनी बोलेका थिए ।

कर्नाटकको एक चुनावी सभामा उनले सो अभिव्यक्ति दिएका थिए । राहुलको यस्तो अभिव्यक्तिले ‘मोदी समुदायको सार्वजनिक अपमान’ भएको भन्दै राहुल विरुद्ध स्थानीय अदालतमा मुद्धा दायर भएको थियो ।

फैसला भएपनि गान्धी तत्कालै जेल भने जाने छैनन् । उनलाई तत्कालै धरौटीमा रिहा गरिएको छ भने यो बीचमा उनले माथिल्लो अदालतमा पुनरावेदन गर्न पाउनेछन्।

मुद्धाको विगत ४ बर्षदेखि सुनुवाई हुँदै आएको थियो । राहुलले अदालतमा उपस्थित भएर ‘आफ्नो उदेश्य कुनै समुदायलाई अपमान गर्नु नभएर राजनीतिक व्यंग मात्रै गरेको’ बयान दिएका थिए ।

भारतको मानहानी सम्बन्धी ऐनमा आरोप प्रमाणित भए २ वर्षसम्म जेल सजाय हुने प्रावधान छ।

Tags :

प्रकाशित: ९ चैत्र २०७९, बिहीबार १३:५०