काठमाडौं। विगत केही दिनदेखि नेकपा माओवादी केन्द्रका नेता, कार्यकर्ता र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट नागरिकलाई तर्साउने काम भइरहेकाले त्यसो नगर्न कांग्रेसले सचेत गराइसकेको महामन्त्री गगनकुमार थापाले बताएका छन्।
बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नागरिकलाई तर्साउन थालेकै कारण प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका हुन्।
प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने उनको बुझाइ छ।
महामन्त्री थापाले भने, ‘प्रधानमन्त्रीले नागरिक तर्साउनेतिर नलागी देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्छ। प्रधानमन्त्री प्रचण्ड र उनको पार्टीको विरोध गर्नेहरुलाई धम्की दिनु प्रजातन्त्र विरोधी काम हो। प्रजातन्त्रमा नागरिकको बोल्ने स्वतन्त्रतामाथि धावा नबोल्न कांग्रेसले प्रचण्डलाई सचेत गराएको छ।’
प्रकाशित: ९ चैत्र २०७९, बिहीबार १४:०७