काठमाडौं। सत्तारूढ ११ दलीय गठबन्धनसम्बद्ध दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुनेछ।
मन्त्रिपरिषद्लाई पूर्णता दिँदा कुन दलले कति मन्त्रालय र कुन-कुन मन्त्रालय पाउने भन्नेबारे टुङ्ग्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका हुन्।
प्रधानमन्त्री प्रचण्डले चैत १० गतेभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिइसक्ने बताएका छन्।
प्रकाशित: ९ चैत्र २०७९, बिहीबार २०:०६