हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री जम्मरकट्टेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन।
यसअघि बुधबार विश्वासको मत लिने कार्यसूची सहित प्रदेशसभा बैठक बोलाइए पनि नेपाली कांग्रेस अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो।
नेपाली कांग्रेस आलोपालो सरकार चलाउने विषयमा लिखित सम्झौताको अडान राखेको थियो । त्यस्तै एमालेका मन्त्रीहरुको बहिर्गमनलाई पनि सर्त बनाएको थियो।
नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मकट्टेलले केन्द्रमा गठबन्धन फेरिएसँगै दोहोर्याएर विश्वासको मत लिन लागेका हुन्।
कांग्रेसले उनलाई विश्वासको मत दिने निर्णय गरेको छ। नेपाली कांग्रेसले मत दिने ग्यारेन्टी गरेकाले आज विश्वासको मत लिन लागिएको माओवादी नेताहरुले बताएका छन्।
१ सय १० सदस्यीय प्रदेशसभामा यसअघि जम्कट्टेलले नेकपा एमाले, नेपाली कांग्रेससहित ६ राजनीतिक दलका १ सय ५ जना सांसदको मत पाएका थिए। उनको विपक्षमा नेमकिपाका ३ जना सांसद मात्रै उभिएका थिए।
प्रकाशित: १० चैत्र २०७९, शुक्रबार ०८:१४