मन्त्रिपरिषद् बैठक जारी, वसन्त कुँवर आइजिपी बन्दै


तरुण पत्रिका

१० चैत्र २०७९, शुक्रबार १६:०८

काठमाडौँ– अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) वसन्त कुँवर प्रहरी महानिरीक्षक (आइजिपी) बन्ने पक्का भएको छ ।

अहिले जारी मन्त्रिपरिषद् बैठकले कुँवरलाई आइजिपी बनाउने पक्का भएको स्रोतले जानकारी दियो ।

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक चलिरहेको हो ।

यसअघि सरकारले नेपाल प्रहरीका ५ प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई एआइजीमा बढुवा गरेको थियो ।

बढुवा हुनेको सूचीमा कुँवर १ नम्बरमा थिए भने दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दीपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौँमा किरण बज्राचार्य थिए ।

हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह आज राति १२ बजेदेखि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् ।

 

 

प्रकाशित: १० चैत्र २०७९, शुक्रबार १६:०८