वसन्त कुँवरलाई आइजिपी बनाउने सरकारकाे निर्णय


तरुण पत्रिका

१० चैत्र २०७९, शुक्रबार १६:४९

काठमाडाैँ- सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षक (आइजिपी) मा बढुवा गर्ने निर्णय गरेकाे छ ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आइजिपी बनाउने निर्णय गरेको हो ।

आइजिपीका लागि कुँवरसँगै एआइजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य दाैडमा थिए । डिआइजीबाट एआइजी बढुवा हुँदा कुँवर १ नम्बरमा थिए ।

२०७९ वैशाख १८ मा आइजी नियुक्त धीरजप्रताप सिंहले आजैबाट अवकाश पाएका छन् ।

प्रकाशित: १० चैत्र २०७९, शुक्रबार १६:४९