काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाँदैछन्।
विहान साढे नौ बजे सेनाको हेलिकोप्टरबाट राष्ट्रपति पौडेले गोरखा जाने कार्यक्रम रहेको शितलनिवास स्रोतले जनाएको छ। गोरखामा राष्ट्रपति पौडेलले गोरखकाली मन्दिरमा पूजा र दर्शन गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलको यो पहिलो जिल्ला भ्रमण हो। फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित पौडेलले यसअघि काठमाडौंमा पशुपतिनाथलगायत मन्दिरको दर्शन गरिसकेका छन्।
प्रकाशित: १२ चैत्र २०७९, आईतवार ०८:२५