लुम्बिनीमा माओवादी र जनमतका मन्त्रीले राजीनामा दिए


तरुण पत्रिका

१२ चैत्र २०७९, आईतवार १५:०८

काठमाडौं। लुम्बिनी प्रदेशमा माओवादी र जनमतका चार मन्त्रीले राजीनामा दिएका छन्।

एमाले नेतृत्वको सरकारमा सहभागी उनीहरूले आइतबार राजीनामा दिएका हुन्।

मुख्यमन्त्री लीला गिरी रूपन्देहीमा भएकाले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएको मन्त्री इन्द्रजित चौधरीले बताए।

राजीनामा बुझाएसँगै उनीहरू प्रदेश प्रमुखको कार्यालयमा थप प्रकृया बुझ्न गएका छन्।

माओवादीबाट जाेखबहादुर महरा, इन्द्रजित चाैधरी, कृष्णा केसीले मन्त्रीबाट राजीनामा दिएका छन्। यसैगरी जनमतका मन्त्री सीके गुप्ताले पनि राजीनामा दिएका छन् ।

कांग्रेस सांसद बसिउद्दिन खानले अहिले सरकारमा रहेका दलका मन्त्रीले राजीनामा दिएपछि सरकार निर्माणको प्रकृया सुरू हुने बताए।

माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालले राजीनामा दिएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भइरहेको बताए।

माओवादीको समर्थत फिर्तापछि लीला गिरी नेतृत्वको सरकार अल्पमतमा पर्नेछ।

अहिले माओवादी संसदीय दलका नेता जाेखबहादुर महरा, कांग्रेस संसदीय दलका नेता डिल्ली चाैधरी, माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालसहितका नेता प्रदेश प्रमुखको कार्यालय पुगेका छन्।

शनिबार कांग्रेससहितका ८ दलले सरकार फेर्ने तयारीका साथ प्रदेश प्रमुखलाई सरकार फेरबदलका लागि हस्ताक्षर बुझाउने निर्णय गरिसकेका छन्।

प्रकाशित: १२ चैत्र २०७९, आईतवार १५:०८