लुम्बिनीमा नयाँ सरकार गठनका लागि दाबी पेस


तरुण पत्रिका

१२ चैत्र २०७९, आईतवार १७:०८

काठमाडौँ- सत्ता गठबन्धनले लुम्बिनीमा नयाँ सरकार गठनका लागि दाबी पेस गरेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले ८ दलको समर्थनमा मुख्यमन्त्री बन्न प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् ।

सत्ता घटक माओवादीले समर्थन फिर्ता लिएलगत्तै ८ दलको समर्थनमा कांग्रेस संसदीय दलका नेता चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

८ दलीय गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीलगायत छन् ।

एमालेका लीला गिरीले नेतृत्व गरेको लुम्बिनी सरकारबाट बाहिरिएर नयाँ सरकार बनाउन आजै माओवादीका ३ मन्त्रीले राजीनामा दिएका थिए ।

चौधरीले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनमा दाबी पेस गरेका हुन् ।

Tags :

प्रकाशित: १२ चैत्र २०७९, आईतवार १७:०८