बालुवाटारमा देउवा-प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल


तरुण पत्रिका

१३ चैत्र २०७९, सोमबार ११:१४

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा मन्त्रिपरिषद विस्तारमा भएकाे ढिलाइ र मन्त्रालय भागबण्डाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेका छन्। प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति देउवासँग यही विषयमा प्रधानमन्त्रीले छलफल गरेका हुन् ।

प्रधानमन्त्रीले कांग्रेसलाई ७ मन्त्री र १ राज्यमन्त्री दिने बताइरहेका छन्। तर, कांग्रेसले ८ मन्त्रालयमा दाबी गरको छ। प्रचण्डले अहिले १६ मन्त्रालय आफैँले सम्हालेका छन् ।

चैत ६ मा विश्वासको मत पाएका प्रचण्डले सत्तारुढ दलहरूबी भागबन्डा नमिलेर मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

प्रकाशित: १३ चैत्र २०७९, सोमबार ११:१४