मोटरसाइकलको ठक्करबाट पैदलयात्रीकाे मृत्यु


तरुण पत्रिका

१३ चैत्र २०७९, सोमबार ११:१८

काठमाडौँ- काठमाडौंकाे शंखरापुर नगरपालिका-१ तल्लो नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय रामबहादुर तामाङ रहेका छन् । माेटरसाइकलकाे ठक्करबाट घाइते भएका तामाङको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।

पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा घाइते भएका चालक शंखरापुर नगरपालिका-३ का १५ वर्षीय राजेन्द्र तामाङको उपचार शंखरापुर अस्पतालमा भइरहेको प्रहरी चौकी नाङ्लेभारेले जनाएको छ ।

सलम्बुटारस्थित पिपुल्स लाइफ केयर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई शंखरापुर अस्पताल पठाइएको छ।

जरसिंहपौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४५ प ५४४१ नम्बरको मोटरसाइकल पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको थियो ।

Tags :

प्रकाशित: १३ चैत्र २०७९, सोमबार ११:१८