काठमाडौँ- सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि रनवेबाट फर्काइएकाे छ ।
दिउँसो पौने ३ बजे ७८ जना यात्रु बोकेर भैरहवा उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या देखिएको हो ।
काठमाडौँबाट भैरहवा उड्न लागेको उडान नम्बर यू-८४५ को विमान टेकअफ हुन नसकेपछि रनवेबाटै पार्किङमा फर्किएको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
उनका अनुसार ‘इन्डिकेटर’ मा समस्या आएपछि जहाज पुनःपार्किङमै फर्किएको हो ।
बुद्ध एयरले विमानमा प्राविधिक समस्या आएको र यात्रुहरूलाई अर्काे विमानमा भैरहवा पठाइएको जनाएकाे छ ।
प्रकाशित: १३ चैत्र २०७९, सोमबार १७:०५