मन्त्रालय माग्दै नेकपा एसका नेता बालुवाटारमा


तरुण पत्रिका

१४ चैत्र २०७९, मंगलवार ११:१४

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एकीकृत समाजवादी पार्टीका नेताहरू बालुवाटार पुगेका छन् ।

मंगलबार अध्यक्ष माधवकुमार नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वाला प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।

उनीहरूबीच मन्त्रिपरिषद् विस्तार र नेकपा एसले पाउने मन्त्रालयबारे छलफल जारी छ । नेकपा एसले गृहसहित ३ मन्त्रालय दाबी गरेको छ । तर, प्रचण्डले गृहबाहेकका २ मन्त्रालय दिने तयारी गरेका छन् ।

प्रकाशित: १४ चैत्र २०७९, मंगलवार ११:१४