राजावादी भन्दै मिटरब्याजीहरुले गरे ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी


तरुण पत्रिका

१४ चैत्र २०७९, मंगलवार १२:५१

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही विरुद्ध नाराबाजी गरिएको छ ।

आज मध्यान्न मिटरब्याजीहरुको माग प्रति ऐक्यवद्धता जनाउन माइतीघर पुगेका उनलाई धर्नामा बसेकाहरूमध्ये केहीले नाराबाजी र होहल्ला गरेका थिए । उनीहरूले शाहीलाई ‘राजावादी’ र ‘सामन्तवादी’ भन्दै विरोध गरे ।

‘हामीलाई राजावादीको समर्थन चाहिँदैन’ भन्दै नाराबाजी भएपछि शाहीले आफ्नो भनाइ राखेका थिए । उनले आफू जनप्रतिनिधि भएको नाताले पीडितहरूको समस्या सुन्न र ऐक्यबद्धता प्रकट गर्न आएको बताए ।

यो राजनीतिक मुद्दा नभएकाले राजनीतिकरण नगर्न पनि उनले आग्रह गरे । तर, भिडमा रहेका केही उत्तेजक व्यक्तिहरूले झन् चर्को नाराबाजी गरेपछि शाही त्यहाँबाट पन्छिए ।

प्रकाशित: १४ चैत्र २०७९, मंगलवार १२:५१