विराटनगरमा आन्दाेलनकारी र प्रहरीबीच झडप

प्रहरीद्वारा अश्रुग्यास र पानीकाे फाेहरा प्रहार


तरुण पत्रिका

१४ चैत्र २०७९, मंगलवार १४:११

विराटनगर- कोसी प्रदेशको नामकरणको विरोधमा भएकाे प्रदर्शनका क्रममा विराटनगरमा झडप भएकाे छ ।

प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले विराटनगरमा गरेकाे आन्दाेलनका क्रममा झडप भएकाे हाे ।

विराटनगरको होटल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप भएको हाे ।

झडपपछि प्रहरीले केही सेल अश्रुग्या प्रहार गरेको छ भने पानीको फोहोरा हानिएकाे छ।

प्रदर्शनकारीले प्रहरीकाे सुरक्षा घेरा ताड्ने प्रयाससहित सांसदहरूविरुद्ध नाराबाजीसहित जुत्ता प्रहार गर्न थालेपछि झडपको स्थिति बनेको हो ।

प्रदेशसभाले प्रदेशको नाम कोसी राखेको विरोधमा पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन् ।

५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बूको उपचारका क्रममा मृत्यु भएपछि आन्दोलनले उग्र रूप लिएकाे छ ।

प्रकाशित: १४ चैत्र २०७९, मंगलवार १४:११